दफा
चिकित्सकको राय

(१) कुनै गर्भवती महिलाको गर्भपात नगराएमा देहायको कुनै परिणाम हुन सक्तछ भनी चिकित्सकीय पद्धति तथा सो कुरालाई समर्थन हुने अन्य कुनै आधारमा सम्बन्धित महिलाको मन्जुरीले गर्भपतन गराउनु पर्दा चिकित्सकले अनुसूची–७  बमोजिमको ढाँचामा राय लेखिदिनु पर्नेछ ।
(क) सम्बन्धित गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने,
(ख) सम्बन्धित गर्भवती महिलाको स्वास्थ्य शारीरिक वा मानसिक रूपले खराब हुने,
(ग) विकलाङ्ग बच्चा जन्मने ।
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “बिकलाङ्ग” भन्नाले देहायको कुनै अवस्थालाई जनाउनेछ ः–
(क) भ्रुणमा गम्भीर कमी, कमजोरी भएको कारणले गर्भमै मृत्यु हुन सक्ने संभावना भएको वा जन्मेर पनि बाँच्न
नै नसक्ने गरी गर्भको बच्चामा खराबी रहेको,
(ख) बंशानुको (जेनेटीक) खराबीले वा अन्य कुनै कारणले बच्चामा गम्भीर शारीरिक वा मानसिक अशक्तता हुने
अवस्था रहेको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा उल्लेख गरिएको भएतापनि देहायको कुनै कारणले गर्भवती महिलाको गर्भपात गराउँदा चिकित्सकको राय आवश्यक पर्नेछैन ः–
(क) बाह्र हप्तासम्मको गर्भ सम्बन्धित गर्भवती महिलाको मन्जुरीले,
(ख) जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ सम्बन्धित गर्भवती महिलाको मन्जुरीले ।